काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरानसँग सम्बन्धित युद्धका विषयमा छलफल भएको जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा ट्रम्पले रूसका राष्ट्रपति पुटिनले इरानसँगको तनाव अन्त्य गर्न सहयोग गर्न इच्छा व्यक्त गरेको बताए ।
‘हामीले मुख्य रूपमा युक्रेन युद्धबारे कुराकानी गर्यौं । उहाँ सहयोग गर्न चाहनुहुन्छ,’ ट्रम्पले भने, ‘तर मैले उहाँलाई भनेँ पहिला तपाईंको युद्ध अन्त्य गरौं, त्यसपछि मात्र मलाई सहयोग गर्नुहोस् ।’
अर्को प्रश्नको जवाफमा ट्रम्पले पुटिन इरानमा युरेनियम समृद्धिकरण (एनरिचमेन्ट) प्रक्रियामा समेत सहभागी हुन इच्छुक रहेको दाबी गरे ।
युरेनियम एनरिचमेन्ट भनेको प्राकृतिक युरेनियममा रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो, जसलाई ऊर्जा उत्पादनदेखि आणविक कार्यक्रमसम्म प्रयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















