काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला आयोजना गरेका छन् ।
बागमती प्रदेशस्तरीय उक्त भेलाबारे जानकारी दिँदै समूहका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले प्रदेशभित्रका विभिन्न तहका नेताहरूलाई आमन्त्रण गरिएको बताए ।
उनका अनुसार भेलामा बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति तथा पूर्व सभापति, सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू साथै बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहनेछ ।
यसअघि शेर बहादुर देउवा पक्षले आह्वान गरेका भेलाहरूमा भने कोइराला समूहका नेताहरू सहभागी भएका थिएनन् ।
यसबारे सभापति गगन थापा पक्ष रुष्ट बन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्






















