images
images
  • अमेरिकाले ट्रम्पको फोटोसहितको पासपोर्ट बनाउने

    काठमाडौं ।
    अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटोसहितका विशेष राहदानी जारी गर्ने भएको छ ।

    अमेरिकी स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव मनाउनको लागि सीमित संख्यामा विशेष डिजाइन गरिएका राहदानीहरू जारी गर्ने तयारी गरिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटका अनुसार प्रस्तावित पासपोर्टको भित्री पृष्ठमा राष्ट्रपति ट्रम्पको तस्विर अंकित हुनेछ ।

    आगामि जुन महिनादेखि वितरण हुने यस्ता पासपोर्टको संख्या खुलाईएको छैन । अमेरिकी समाचार संस्था फक्स न्यूजका अनुसार नयाँ राहदानी डिजाइनहरूमा स्वतन्त्रताको घोषणाको पाठ, अमेरिकी झण्डा, ट्रम्पको फोटो र सुनको हस्ताक्षर हुनेछ ।

    यस्ता पासपोर्टको लागि कुनै अतिरिक्त शुल्क नलाग्ने बताईएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले २५० औं स्पतन्त्रता दिवसको अवसरमा जारी गरिने सामग्रिमा आफ्नो नाम, फोटो र हस्ताक्षर प्रयोग गर्दै आउनुभएको छ । यसअघि उहाँले स्मारक सिक्कामा पनि आफ्नो फोटो राख्ने घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images