काठमाडौं– नेपाली कांग्रेसले पूर्णबहादुर खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिएको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको अनुशासन समितिको बैठकले सर्वोच्च अदालतको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको हो ।
यसैगरी, रामेछापका सभापति पूर्णबहादुर तामाङको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले थप अनुसन्धानसम्मका लागि पदबाट निलम्बन गरिएको छ ।
त्यस्तै, प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लंघनका उजुरीहरूमा आरोपित व्यक्तिहरूसँग ७ दिनभित्र स्पष्टीकरण माग्ने र सूचना छिटो माध्यमबाट पठाउने निर्णय पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















