काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अघि नै कागजात हेरफेर गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
आशिष निर्माण सेवा प्रालिका सञ्चालक रहेका गौलीलाई बुधबार पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ ।
यस प्रकरणमा हालसम्म १० निर्माण व्यवसायीसहित १३ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















