images
images
  • चौतर्फी आलोचना र विवाद हुँदाहुँदै अध्यादेशबाट पछि हटेन बालेन सरकार, ल्याएरै छोड्ने प्रण

    काठमाडौं– रवि लामिछानेले सरकारले हाल ल्याइरहेका अध्यादेशहरूको बचाउ गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै उनले विगतका गलत नियुक्ति नसच्याएसम्म जनअपेक्षा पूरा नहुने बताए ।

    उनका अनुसार सरकारका कदम कानुनी दायराभित्रै रहेर सुधारका लागि चालिएका हुन् ।

    ‘पहिले अध्यादेश दुरुपयोग हुन्थ्यो, अहिले आवश्यक सुधारका लागि ल्याइएको हो,’ उनले भने ।

    लामिछानेले रास्वपा कानुन, लोकतन्त्र र राजनीतिक संस्कारप्रति गम्भीर रहेको उल्लेख गर्दै संसदीय समितिमा प्रतिपक्षलाई नेतृत्व दिने अभ्यासलाई त्यसको उदाहरण बताए ।

    साथै विगतका गलत परम्परा सच्याउने प्रयास भइरहेको पनि उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images