images
images
  • उपसभामुख रूवीलाई बेहोस अवस्थामा पुर्‍याइयो अस्पताल, के भएको हो ?

    काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छन् ।

    अस्पताल स्रोतका अनुसार ज्वरोपछि सुगर स्तर अत्यन्त कम हुँदा उनी बिहान बेहोसी अवस्थामा अस्पताल ल्याइएकी थिइन् ।

    उपचारपछि अहिले होस आएको छ र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

    हाल उनलाई विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ भने थप परीक्षण जारी रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images