काठमाडौं– बुधबार नेप्से परिसूचक २५.८१ अंकले घट्दै २७४४ अंकमा झरेको छ ।
अघिल्लो दिन पनि नेप्से २६.१६ अंकले घटेको थियो ।
कारोबार रकम पनि घटेर ६ अर्ब ५३ करोडबाट ४ अर्ब ९८ करोडमा सीमित भएको छ ।
कुल ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ कम्पनी स्थिर रहे ।
व्यापार र विकास बैंक समूह क्रमशः १.०९ र ०.१४ प्रतिशतले बढे ।
अन्य सबै प्रमुख समूह घटे, जसमा उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै २.२४ प्रतिशतले ओरालो लाग्यो ।
बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह पनि घटे ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १३.८१ प्रतिशतले सबैभन्दा धेरै बढ्यो भने शिखर पावर ९.९२ प्रतिशतले घटेर शीर्ष गिरावटमा रह्यो ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर अगाडि रहे ।


विश्व खबर 




















