काठमाडौं– प्रमुख प्रतिपक्षीसहितका दलहरूले सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संवैधानिक परिषदसहित पाँचवटा अध्यादेश संसद छल्ने उद्देश्यले ल्याइएको भन्दै स्वीकृत नगर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस, एमाले, नेकपा र राप्रपा सहितका दलका नेताहरू सहभागी थिए ।
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले संसद छलेर अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको आरोप लगाउँदै ती अध्यादेश फिर्ता लिन सरकारसँग माग गरिएको बताए ।
प्रतिपक्षी दलहरूले स्थगित संसद अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















