images
images
  • चक्रपथको थप निर्माणकार्य चीनको काँधमा, नेपालसँग सम्झौता

    काठमाडौं– चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीन सरकारसँगको सहायता सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ ।

    भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्म ८।२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ ।

    यसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग गर्नेछ ।

    यसअघि कोटेश्वरदेखि कलंकीसम्मको पहिलो चरणको विस्तार २०१९ देखि सुरु भई सम्पन्न भइसकेको थियो ।

    मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा समस्या आए तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउँदै पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सडक सरकारको प्राथमिकतामा रहेको बताए ।

    चिनियाँ राजदूत माओमिंगले लगानीमैत्री वातावरण बने नेपालमा थप चिनियाँ लगानी भित्रिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images