images
images
  • रूपन्देहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

    बुटवल– रूपन्देहीको बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images