काठमाडौं– प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका प्रमुख सचेतक तथा नेताहरू सहभागी छन् ।
तर, श्रम संस्कृति पार्टीका प्रतिनिधि भने उपस्थित छैनन् ।
सरकारले संसद् छल्दै अध्यादेश ल्याएपछि त्यसबारे साझा रणनीति बनाउन प्रतिपक्षी दलहरू एकजुट भएर छलफलमा बसेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















