काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित कार्यालयमा सुरु भएको छ ।
सभापति रवि लामिछानेसहित उपत्यकामा रहेका सांसदहरू सहभागी बैठकमा सरकारले अध्यादेश ल्याएको विषयमा छलफल भइरहेको छ ।
मंगलबार सरकारले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि संसद् छलेको भन्दै चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















