images
images
  • राष्ट्रिय सभा : कांग्रेस दलको नेतामा कमला पन्त

    काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेसको दल नेतामा कमला पन्त मनोनित भएकी छन् ।

    प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्व नेता कृष्ण सिटौलालाई हटाउँदै पन्तलाई नियुक्त गरेका हुन् ।

    कांग्रेस विधानअनुसार राष्ट्रिय सभा दलको नेता प्रतिनिधिसभा दल नेताले मनोनयन गर्ने व्यवस्था छ ।

    सिटौला शेरबहादुर देउवा निकट मानिन्छन् भने पन्त गगन थापा समूहसँग सम्बद्ध हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images