images
images
  • कांग्रेसले कृष्ण सिटौलालाई हटायो

    काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेतृत्व परिवर्तन गरेको छ ।

    संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा दलको नेता पदबाट हटाउँदै उक्त जिम्मेवारीबाट मुक्त गरेका हुन् ।

    यसअघि पार्टी सभापति तथा तत्कालीन संसदीय दल नेता शेरबहादुर देउवाले सिटौलालाई उक्त पदमा नियुक्त गरेका थिए ।

    नयाँ निर्णयअनुसार आङ्देम्बेले राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी कमला पन्तलाई दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images