images
images
  • यी हुन् हावाहुरी र असिनाबाट प्रभावित हुने जिल्लाहरू

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आजको हावाहुरी सम्बन्धी पूर्वानुमान अध्यावधिक गर्दै अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी सुरु हुने जनाएको छ ।

    विभागका अनुसार सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा, डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, गण्डकीका नवलपुर, बागमतीका चितवन, मधेशका बारा, पर्सा, धनुषा तथा कोशीका झापा र मोरङ आसपासका जिल्लामा प्रभाव पर्ने सम्भावना छ ।

    हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने बताइएको छ । उक्त प्रणाली भोलि बिहान ६ः४५ बजेसम्म सक्रिय रहने पूर्वानुमान गरिएको छ ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images