काठमाडौं– म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनका अनुसार बैंकमा करिब २९ लाख रुपैयाँ मौज्दात छ ।
नेपाल बैंक लिमिटेडमा ४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ रहेको छ ।
उक्त रकममध्ये केही साथीहरूको सहयोग र केही निर्वाचनका क्रममा सहयोगीबाट प्राप्त रकम बचत भएको उनले बताएका छन् ।
पुनसँग तीन तोला सुन रहेको छ, जुन उनले २०६० सालतिर किनेर श्रीमतीलाई उपहार दिएका हुन् ।
साथै, कास्कीमा विभिन्न स्थानमा जग्गा रहेको विवरण पनि उनले सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















