images
images
  • सुन–चाँदीको मूल्य घटेको घट्यै, कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सयमा झरेको थियो ।

    गत बुधबार ३ लाख ५ सय रुपैयाँमै सुनको कारोबार भएको थियो ।

    गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    आज चाँदी पनि घटेको छ ।

    अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो ।

    हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ ।

    गत बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images