images
images
  • विश्वासपात्रले नै ओलीलाई एमाले नेतृत्वबाट हटाउँदै, विभिन्न विकल्पको खोजीमा विष्णु र शंकर

    काठमाडौं– नेकपा (एमाले)भित्र दोस्रो तहका प्रभावशाली नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने सम्भावनाबारे छलफल सुरु गरेका छन् ।

    उनीहरूका अनुसार तीन विकल्प ओली स्वयंले राजीनामा दिने, केन्द्रीय समितिले राजीनामा माग्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने खोजिरहेका छन् ।

    पार्टी बचाउन नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्षसहित नेताहरू सुरुमा सम्मानजनक बहिर्गमनको पक्षमा छन् ।

    त्यसो नभए केन्द्रीय समिति हुँदै अन्तिम विकल्पका रूपमा विशेष महाधिवेशनसम्म जाने तयारी भइरहेको बताइएको छ ।

    उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित बहुमत पदाधिकारी ओलीको विकल्प खोज्ने पक्षमा उभिएको दाबी छ ।

    चुनावी पराजयपछि पार्टी कमजोर बन्दै गएको भन्दै वैधानिक प्रक्रिया अपनाएर नेतृत्व परिवर्तनको प्रयास अघि बढाइएको नेताहरूले बताएका छन् ।

    यद्यपि, केन्द्रीय समितिमा अझै ओलीको प्रभाव बलियो रहेकोले त्यहीँ निर्णायक संघर्ष हुने देखिएको छ ।

    ओलीले भने आफू निर्वाचित अध्यक्ष भएकाले सबै चुनौती सामना गर्ने अडान लिएका छन् ।

    पार्टीभित्र बहुमत पदाधिकारी ओलीविरुद्ध उभिएको दाबी गरिए पनि अन्तिम निर्णय आगामी बैठक र शक्ति सन्तुलनमा निर्भर रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images