images
images
  • प्रम बालेनमा तानाशाही प्रवृत्ति हावी, संसद् लत्याएर चोरबाटोबाट सत्ता सञ्चालन

    काठमाडौं– संसद् अधिवेशन स्थगित गरेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याएपछि विपक्षी दलहरू सक्रिय भएका छन् ।

    यही विषयमा रणनीति तय गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्दैछ ।

    प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई आमन्त्रित गरिएको छ । बैठकमा सरकारको कदमविरुद्ध साझा प्रतिवाद रणनीति बनाउने एजेन्डा छ ।

    मंगलबार राष्ट्रपतिसमक्ष अध्यादेश प्रमाणीकरणका लागि पुगेपछि मात्रै सरकारको निर्णय सार्वजनिक भएको थियो ।

    आङ्देम्बेले संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक र संसद्को अपमान भएको भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

    यता, सरकारको निर्णयप्रति विपक्षीसँगै सत्तारूढ दलभित्र पनि असन्तुष्टि देखिएको छ ।

    बहुमत नजिकको समर्थन हुँदाहुँदै अध्यादेशको बाटो रोजिएकोमा प्रश्न उठेको छ ।

    रास्वपाभित्र पनि यसबारे छलफल चलिरहेको छ ।

    रास्वपा सभापति रवि लामिछानेसहित सांसदहरूको बैठक आज बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने भएको छ ।

    बैठकमा अध्यादेशसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

    सरकार पक्षले भने जनताका अपेक्षा पूरा गर्न केही कानुन फास्ट ट्र्याकमार्फत ल्याउनुपर्ने बाध्यता रहेको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images