images
images
  • अध्यादेशको चौतर्फी आलोचनापछि रास्वपा सांसदहरू छलफलमा

    काठमाडौँ ।
    संसद् अवरुद्ध रहेको बेला सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेपछि व्यापक आलोचना सुरु भएको छ।

    बालेन शाह नेतृत्वको सरकारले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि अध्यादेशमार्फत फास्ट ट्रयाकमा कानुन ल्याउन खोजेको आरोप लागेको छ। झण्डै दुई तिहाइ नजिक बहुमत हुँदाहुँदै संसद्बाटै कानुन नल्याई अध्यादेशको बाटो रोजिएको भन्दै प्रतिपक्षसँगै सत्तापक्षभित्र पनि असन्तुष्टि देखिएको छ।

    यसैबीच, रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच अध्यादेश र समसामयिक राजनीतिबारे छलफल हुने भएको छ। पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जनअपेक्षा पूरा गर्न केही कानुन फास्ट ट्रयाकमा ल्याउनुपर्ने भएकाले अध्यादेशको बाटो रोजिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images