काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणलाई सहज बनाउन अब हुलाकमार्फत घरमै पुर्याउने सेवा सुरु गरेको छ।
मंगलबार जारी विज्ञप्तिअनुसार सेवाग्राहीले आवेदन दिँदाकै बेला हुलाकबाट राहदानी प्राप्त गर्ने विकल्प छनोट गर्न सक्नेछन्।
नेपाल हुलाक सेवा विभागसँगको समन्वयमा सुरु गरिएको यस सेवाअन्तर्गत तोकिएको शुल्क तिरेपछि राहदानी तयार हुनासाथ सम्बन्धित व्यक्तिको ठेगानामा पठाइने व्यवस्था गरिएको छ। कार्यालयका अनुसार बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै प्रक्रिया सरल र प्रविधिमैत्री बनाउन यो कदम चालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले यसले ‘डिजिटल नेपाल’ अवधारणालाई सघाउने र सरकारी सेवा घरदैलोमै पुर्याउने लक्ष्यमा टेवा पुग्ने बताए।
प्रतिक्रिया दिनुहोस्






















