images
images
  • प्रम बालेन ओलीको बाटोमा, संसद्लाई लत्याएर अध्यादेशको रोजी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै विवादमा परेको छ ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ, जसबारे रामचन्द्र पौडेल अध्ययनरत रहेका छन् ।

    यसअघि आह्वान गरिएको संसद् अधिवेशन सरकारकै सिफारिसमा स्थगित गरिएको थियो ।

    संसद् चलाउन सकिने अवस्थामा अध्यादेश ल्याइएको भन्दै प्रतिपक्षी दलहरूले यसलाई अलोकतान्त्रिक कदम भनेका छन् ।

    नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूले सरकार संसद्प्रति उत्तरदायी हुन नचाहेको आरोप लगाएका छन् ।

    यता, सरकारका प्रवक्ता सस्मित पोखरेल ले भने अधिवेशन स्थगित गर्नु सामान्य प्रक्रिया भएको र पर्याप्त ‘बिजनेस’ तयार भएपछि संसद् बोलाइने बताएका थिए, तर त्यसको केही दिनमै अध्यादेश ल्याइएको छ ।

    संविधानको धारा ११४ अनुसार संसद् अधिवेशन नभएको अवस्थामा मात्र अध्यादेश ल्याउन पाइने व्यवस्था छ, तर जारी भएपछि संसद्बाट अनुमोदन हुनुपर्ने प्रावधान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images