images
images
  • पहुँचको आधारमा निजी बनाइएका सरकारी गाडी धमाधम जफत

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका आधारमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने अभियान थालेको छ ।

    सचिवालयका अनुसार हालसम्म विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगबाट ६२२ वटा सवारी फिर्ता लिइसकिएको छ ।

    प्रारम्भिक छानबिनमा कानुनअनुसार राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीलाई मात्र सवारी सुविधा हुने व्यवस्था भए पनि तल्लो तहसम्म दुरुपयोग भएको पाइएको थियो ।

    यसैबीच, सबै निकायलाई सवारी विवरण बुझाउन भनिँदै गत १० गते जारी परिपत्रमार्फत अनधिकृत प्रयोग भइरहेका सवारी तत्काल फिर्ता गर्न निर्देशन दिइएको थियो ।

    अबदेखि कानुनले तोकेबाहेक कसैले पनि सरकारी सवारी एकल रूपमा प्रयोग गर्न नपाउने, आवश्यक अवस्थामा भने सामूहिक प्रयोग गर्न पाइने व्यवस्था गरिनेछ ।

    साथै, दुरुपयोगबाट परेको आर्थिक भारबारे अध्ययन भइरहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images