काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको तयारी तीव्र पारिएको छ ।
भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ मा नेपाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यसअघि नै मोदीले बधाइसँगै भ्रमणको निम्ता दिइसकेका थिए, जसलाई परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकार भएको जानकारी दिएका छन् ।
मिस्रीको नेपाल भ्रमणपछि खनाल भारत जाने र त्यसपछि मात्रै बालेनको भ्रमण मिति टुंगिने बताइएको छ ।
भ्रमणको तयारीसँगै सीमा विवाद—विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरा—बारे बालेनले कस्तो धारणा राख्छन् भन्ने विषयमा चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्






















