images
images
  • बालेन सरकारले संसद् छलेर अध्यादेश ल्याउँदै, राष्ट्रपति पौडेल समक्ष सिफारिस

    काठमाडौं– सरकारले दुई अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अघि बढाएको हो ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार अध्यादेशहरू अध्ययन प्रक्रियामा छन् र शीतलनिवासमा पेश भइसकेका छन् ।

    यसअघि सरकारले वैशाख १७ का लागि संसद् अधिवेशन आह्वान गरे पनि पछि स्थगित गरेको थियो ।

    सोहीबीच संवैधानिक परिषद् पूर्ण भएपछि नियुक्ति प्रक्रियालाई अगाडि बढाउन अध्यादेश ल्याइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images