काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन व्यवस्थापनका विषयमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमति तोडेर धोका दिएको आरोप लगाएका छन् ।
काठमाडौंमा आफूपक्षीय नेताहरूसँगको छलफलमा बोल्दै खड्काले नियमित महाधिवेशनको तालिका पुसभित्र ल्याउने सहमति भए पनि त्यसअनुसार काम नभएको बताए ।
“पुसभित्र तालिका ल्याउने हो भने विशेष महाधिवेशन नहुने भनेर सहमति भएको थियो, तर त्यो पालना भएन, धोका भयो,” खड्काले भने ।
उनले यसमा रमेश लेखक साक्षी रहेको पनि उल्लेख गरे ।
उनले भने, ‘अब नयाँ पार्टी गठनको विकल्प छैन ।’
खड्काले पार्टी एकताका लागि संस्थापन पक्षबाट प्रयास भए पनि अर्को पक्षबाट सहकार्य नपाएको र त्यसकै कारण पार्टीमा समस्या उत्पन्न भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्






















