images
images
  • बिचौलिया शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिरासतमा राखेको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।

    मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश जारी गर्दै विपक्षीहरूलाई २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।

    गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।

    यसअघि सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले सो म्याद अनुमति दिएको हो ।

    सीआईबीले गोल्छालाई वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images