images
images
  • जलेका सवारी साधनको इन्धन सुविधा लिए कर्मचारीले, पूर्वप्रम कार्की हेरेको हेर्यै, कारबाही गर्दै मन्त्री मेहता

    काठमाडौं– २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन सुविधा दुरुपयोग गरेको खुलेको छ ।

    अनियमितता देखिएपछि स्वास्थ्य मन्त्री निशा मेहताले छानबिन गरी संलग्नमाथि कारबाही गर्न निर्देशन दिएकी छन् ।

    उनले प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनको जिम्मेवारी दिएकी हुन् ।

    आन्दोलनका क्रममा मन्त्रालयका १८ र मातहतका निकायका ६ गरी २४ सवारीसाधन जलेका थिए ।

    ती पूर्ण रूपमा क्षतिग्रस्त सवारीको विवरण देखाएर केही कर्मचारीले इन्धन सुविधा लिएको पाइएको हो ।

    यसैबीच, मन्त्रालयले स्वास्थ्य तथा खानेपानी मन्त्रालय मातहतका संरचनामा दुरुपयोग भएका सवारी साधनहरू फिर्ता ल्याउने प्रक्रिया पनि सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images