images
images
  • देउवा–खड्का पक्षको छुट्टै भेलामा को–को नेता छन् सहभागी ? (नामावलीसहित)

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक जारी रहेको छ ।

    काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा केहीबेरदेखि उक्त समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

    बैठकमा शीर्ष नेताहरू, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापति तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन् ।

    बैठकमा रमेश लेखक, शशांक कोइराला, सुजाता कोइराला, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, एनपी साउदलगायत नेताहरू सहभागी छन् ।

    त्यस्तै मोहन बस्नेत, रामहरि खतिवडा, डिला संग्रौला, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल, जीवनबहादुर शाही र लक्ष्मी खतिवडालगायत पनि सहभागी छन् ।

    यसअघि ६ वैशाखमा सोही स्थानमा भेला गरेर खड्का समूहले पर्ख र हेरको रणनीति अपनाउने निष्कर्ष निकालेको थियो ।

    विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन् । उनले उक्त निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए ।

    तर, सर्वोच्चले रिट खारेज गरेपछि पनि उनी समूहगत छलफल र गतिविधिमा सक्रिय छन् ।

    उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीत भन्दै स्पष्टीकरणसमेत सोधेको थियो, तर उनले स्पष्टीकरण नदिएको जनाइएको छ ।

    यसैबीच, सभापति गगन थापाले ६ वैशाखमा खड्का निवासमा पुगेर भेट गरेका थिए ।

    दुई नेताबीचको छलफलको विवरण भने सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images