images
images
  • कांग्रेसमा रडाको : शेखरपक्ष पनि जुट्यो छुट्टै छलफलमा, विभाजन होला कांग्रेस ?

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।

    उनले बैशाख १७ गते बागमती प्रदेश स्तरीय भेला आयोजना गरेका हुन् ।

    नेता जीवन परियारका अनुसार उक्त भेलामा बागमती प्रदेशका बहालवाला तथा पूर्व केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सांसद तथा पूर्वसांसद र प्रदेशसभा सदस्यहरू सहभागी हुनेछन् ।

    स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि भेलामा सहभागी हुन बोलाइएको छ ।

    शेरबहादुर–पूर्णबहादुर खड्का समूहले पनि छुट्टै भेलाको गरेको छ ।

    यसले कांग्रेस विभाजन उन्मुख देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images