images
images
  • नेकपाका नेताहरूको जिम्मेवारी हेरफेर, को–कसलाई कुन–कुन जिम्मेवारी तोकियो ? (सूचीसहित)

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूको कार्यविभाजन टुंगो लगाउने तयारी गरेको छ ।

    सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा जिम्मेवारी बाँडफाँटलाई लिएर विवाद देखिएपछि निर्णय हुन नसकी बैठक स्थगित गरिएको थियो ।

    थप गृहकार्यपछि आजै अन्तिम निर्णय गर्ने तयारी गरिएको छ ।

    वरिष्ठ नेता झलनाथ खनालले विदेश विभागको नेतृत्व दाबी गरेका छन् भने वामदेव गौतमले सङ्गठन विभाग प्रमुखको जिम्मेवारी मागेका छन् ।

    तर, हाल विदेश विभाग प्रमुख प्रमेश हमाल र सङ्गठन विभाग प्रमुख वर्षमान पुनलाई यथावत राखिएपछि आन्तरिक असहमति देखिएको छ ।

    बैठकले मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन गरेको छ ।

    साथै, प्रचण्डद्वारा प्रस्तुत चुनावी समीक्षा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय पनि गरिएको छ ।

    संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।

    नेताहरूका अनुसार प्रदेश इञ्चार्जहरूको टुंगो लागिसकेको भए पनि अन्य विभागीय जिम्मेवारीमा अझै सहमति जुट्न बाँकी छ ।

    केही नेताहरूले संयोजन समितिका सदस्यहरूलाई प्रदेश इञ्चार्ज नबनाउने प्रारम्भिक सहमति भए पनि पछि अधिकांशलाई जिम्मेवारी दिइएपछि असन्तुष्टि देखिएको बताएका छन् ।

    पार्टीभित्रको अन्तिम कार्यविभाजन आजको बैठकले टुंग्याउने अपेक्षा गरिएको छ ।

    नेताहरूको जिम्मेवारी :

    प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन

    माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन

    झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान

    वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग

    नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग

    अग्नि सापकोटा : प्रमुख स्थानीय तह

    कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा

    गंगानारायण श्रेष्ठ : प्रमुख सास्कृतिक

    डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती

    गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग

    गोपाल किराती : उपप्रमुख निति अनुसन्धान प्रतिष्ठान

    चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश

    चेतबहादुर पुन : प्रमुख सास्कृति मोर्चा फ्याक्सन

    जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट

    जयन्ती राई : प्रमुख संघीय संसदीय फाट

    डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी

    दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट

    देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग

    देव गुरुङ : प्रमुख कानुन विभाग

    नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी सङ्गठन फाट

    पम्झा भुसाल : प्रवास संयोजक

    प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस सङ्गठन प्रमुख

    प्रमेश हमाल : प्रमुख विदेश विभाग

    प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला

    वर्षमान पुन : सङ्गठन विभाग प्रमुख

    डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख

    भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम

    भीम रावल : इञ्चार्ज सुदूरपश्चिम

    मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग

    महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश

    मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश

    मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश

    रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम

    राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश

    राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा

    रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश

    रामचन्द्र झा : प्रमुख प्रादेशिक मामिला विभाग

    लिलामणि पोखरेल ः ऊर्जा तथा जलस्रोत विभाग प्रमुख

    राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला

    शक्ति बस्नेत : प्रमुख अर्थ योजना

    श्रीराम ढकाल : प्रमुख पश्चिम महादेश अनुगमन

    सुनिल मानन्धर : प्रमुख कृषि विभाग

    सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग

    हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश

    हितबहादुर तामाङ : प्रमुख उपभोक्ता आपूर्ति विभाग

    प्रतिक्रिया दिनुहोस्
    images
    images