images
images
  • छुनै नसकिने सुन–चाँदीको भाउ ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– मंगलबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।

    सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    गत मंगलबार ३ लाख १ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

    आज चाँदी पनि घटेको छ ।

    अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो ।

    हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ ।

    गत मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images