images
images
  • धितोपत्र बोर्ड अध्यक्षका निम्ति खुल्यो आवेदन

    काठमाडाैं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेश गर्न अनुरोध गरेको हो। अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा कानून क्षेत्रमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ।

    आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाुमा रहेको समितिको सचिवालयमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको हो ।

    dhitopatra

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images