images
images
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं ।

    हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    विभागले राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । “कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।

    विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    राति, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    कोसी प्रदेशको धेरै स्थानहरूमा र मधेस, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images