images
images
  • यस्तो छ अर्थ मन्त्रालयले ल्याएको श्वेतपत्र

    काठमाडौं । नयाँ सरकार गठनसँगै देशको अर्थतन्त्रको यथार्थ चित्र सार्वजनिक गरिएको छ ।

    बालेन शाह नेतृत्वको सरकारले सत्ता सम्हाल्ने क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) जारी गर्दै मुलुकको आर्थिक अवस्था, चुनौती र सुधारको मार्गचित्र प्रस्तुत गरेका छन् ।

    श्वेतपत्रले विगतका नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद र राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको निष्कर्ष निकालेको छ ।

    पछिल्लो दशकमा औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको र चालु आर्थिक वर्षमा ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।

    राजस्वले चालु खर्च धान्नै कठिन भएको, पुँजीगत खर्च कमजोर रहेको र सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब (जीडीपीको ४३.८ प्रतिशत) पुगेको तथ्य पनि सार्वजनिक गरिएको छ ।

    यसले बजेटको ठूलो हिस्सा सावाँ–ब्याज भुक्तानीमै खर्चिनुपर्ने अवस्था सिर्जना गरेको छ ।

    त्यसैगरीग्रे–लिष्टमा परेको कारण अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता घटेको र वैदेशिक लगानी प्रभावित भएको उल्लेख छ ।

    उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशतमा सीमित रहँदा अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर बनेको पनि औंल्याइएको छ ।

    सरकारले अब ‘रेन्ट–सिकिङ’ प्रवृत्ति अन्त्य गर्दै जलविद्युत, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई प्राथमिकता दिएर दिगो आर्थिक रूपान्तरणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images