images
images
  • अहिलेसम्म कति सुकुम्बासीले गराए आफ्नो नाम दर्ता ?

    काठमाडौं– बस्तीमा डोजर चलेपछि त्रासमा परेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउन थालेका छन् ।

    दशरथ रंगशाला मा सोमबार दिउँसोसम्म ८२२ परिवार (३,३६७ सदस्य)ले नाम दर्ता गराएका छन्, जसमा करिब १,५०० बालबालिका छन् ।

    थापाथली, सिनामंगल, गैरीगाउँ लगायतका बस्ती हटाइएपछि विस्थापित भएका उनीहरूलाई रंगशालामा हेल्प डेस्कमार्फत दर्ता गरी ‘होल्डिङ सेन्टर’ तथा होटल–लजमा बसोबासको व्यवस्था गरिएको छ ।

    स्वास्थ्य परीक्षण र खाद्यान्न व्यवस्थापन पनि त्यहीँबाट भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images