images
images
  • सेयर बजार घट्यो, कारोबार पनि बढेन

    काठमाडौं– सेयर बजारमा सामान्य सुधार देखिए पनि कारोबार घटेको छ ।

    नेप्से परिसूचक साताको पहिलो दिन ७.७३ अंकले बढेर २७९६ अंकमा पुगेको छ ।

    तर, कारोबार रकम भने घटेर ४ अर्ब ७४ करोडमा सीमित रह्यो ।

    कुल १५७ कम्पनीको मूल्य बढ्दा १०२ घटे र १० स्थिर रहे ।

    पाल्पा सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटलको सेयर मूल्य १५ प्रतिशतले उकालो लाग्यो ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढ्दा हाइड्रोपावर, लगानी र व्यापार समूह भने घटे ।

    माइखोला हाइड्रोपावर सबैभन्दा धेरै १० प्रतिशतले घट्दा रिलायन्स स्पिनिङ मिल्ससहित केही कम्पनीमा उच्च कारोबार देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images