images
images
  • सशस्त्रको १३औं आइजीपीमा नारायणदत्त पौडेल नियुक्त

    काठमाडौं– सरकारले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णयअनुसार उनी १८ वैशाखदेखि जिम्मेवारी सम्हाल्नेछन् ।

    हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही दिन अवकाश जाँदैछन् ।

    पौडेल १८ चैत २०८४ सम्म पदमा रहनेछन् ।

    २०५४ सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा सुरु गरेका पौडेल पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए ।

    उनले डीएसपी, एसपी, एसएसपी, डीआईजी हुँदै २०७९ मा एआईजी पदमा बढुवा पाएका थिए ।

    आईजीपी दौडमा वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहे पनि वरिष्ठताका आधारमा पौडेल अघि परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images