images
images
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेश ल्याउने तयारी

    काठमाडौं– मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ ।

    बैठक केहीबेरअघि सुरु भएको हो ।

    आजको बैठकले संवैधानिक परिषद्सम्बन्धी लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

    यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।

    तर, त्यसको भोलिपल्टै सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images