काठमाडौं– सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ ।
आह्वान भइसकेको संघीय संसद् अधिवेशनलाई स्थगित गर्दै सरकारले अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएको हो ।
स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गर्ने तयारी गरेको छ ।
संवैधानिक परिषद्सम्बन्धी लगायतका विषय समेटेर अध्यादेश ल्याउने तयारी गरिएको बताइएको छ ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए ।
तर, भोलिपल्टै पुनः सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















