images
images
  • इजरायली आक्रमणमा १४ लेबनानीको मृत्यु, ३७ घाइते

    काठमाडौं– लेबनानमा लागू युद्धविरामबीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये दुई बालबालिका र दुई महिला छन् भने ३७ जना घाइते भएका छन् ।

    गत बिहीबार मात्र दुवै देशबीच तीन साताका लागि युद्धविराम थपिएको थियो ।

    तर, त्यसयता पनि क्षेत्रको अवस्था तनावपूर्ण नै रहँदै आएको छ ।

    सम्झौताअनुसार इजरायललाई सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुमति दिइएको छ ।

    आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी लेबनानका केही गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न चेतावनी दिएको थियो ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सेना सक्रिय रूपमा परिचालित रहेको र हिज्बुल्लाहको गतिविधिले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

    यस घटनापछि क्षेत्रको अवस्था थप जटिल बनेको छ भने अन्तर्राष्ट्रिय चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images