काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छ वटा राजनीतिक दलले संसदीय दलको नेता चयन गरेका छन् ।
सबैभन्दा पहिले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता चयन गर्दै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई जिम्मेवारी दिएको छ ।
त्यस्तै नेकपा (एमाले)ले पनि संसदीय दलको नेता चयन गरेको छ ।
एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दलको नेता चयन गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेतामा चयन गरेको छ ।
श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राईलाई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ ।
यसैगरी संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि संसदीय दलको नेता चयन गर्दै भीष्मराज आङदाम्बेलाई जिम्मेवारी दिएको छ ।
नवनिर्वाचित संसदीय दलका नेताहरूले आ–आफ्ना दलका सांसदहरूको नेतृत्व गर्नेछन् ।






















