काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेपछि सहमतिको प्रयास अघि बढेको हो ।
कार्यदलले पार्टी एकताको सन्देश जाने भन्दै आङ्देम्बेको नाममा सहमति जुटाएको एक पदाधिकारीले जानकारी दिए ।
आङ्देम्बे समानुपातिकतर्फबाट सांसद हुन् ।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसीले पनि इच्छा व्यक्त गरे पनि अन्ततः आङ्देम्बेकै नाममा सहमति बनेको हो ।
केसी र आङ्देम्बे दुवै पूर्वसहमहामन्त्री हुन् ।
प्रतिक्रिया दिनुहोस्






















