प्युठान– प्युठानमा चट्याङ लागेर बाबुछोराकै मृत्यु भएको छ ।
गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएकी एक महिलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















