images
images
  • भीष्मराज आङ्देम्बेलाई कांग्रेस संसदीय दलको नेता बनाउने तयारी

    काठमाडौं– नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री तथा सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दल नेता बनाउने तयारी गरेको छ ।

    एक पदाधिकारीका अनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिले आकांक्षी सांसदहरू र सरोकारवालासँग चरणबद्ध छलफल गरेपछि आङ्देम्बेको नाम संसदीय दल नेताका रूपमा सभापति गगन थापासमक्ष सिफारिस गरेको हो ।

    सभापति थापाले उक्त प्रस्ताव आज सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा जानकारी गराउने छन् ।

    साथै, सांसदहरूको बैठकमा पनि यसबारे औपचारिक जानकारी दिइने तयारी छ ।

    दिउँसो १ बजे सर्वसम्मत रूपमा संसदीय दल नेता घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images