काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई उनकी दिदी सुजाताले जन्मदिनको अवसरमा शुभकामना दिएकी छन् ।
बालेन आज ३५ वर्ष पूरा गर्दै ३६ वर्षमा प्रवेश गरेका हुन् ।
जन्मदिनको अवसरमा दिदी सुजाताले सामाजिक सञ्जालमार्फत बालेनलाई शुभकामना दिँदै उनको पुरानो फेसबुक आईडी ‘बालकृष्ण शाह’लाई समेत उल्लेख गरेकी छन् ।
‘सुजाता हरिश’ नामको फेसबुक अकाउन्टबाट सोमबार बिहान उनले बालेनसँगका पुराना तथा नयाँ तस्बिरहरू पनि सार्वजनिक गरेकी छन् ।
शुभकामना सन्देशमा उनले लेखेकी छन्, ‘जन्मदिनको धेरै धेरै शुभकामना प्रिय भाइ बालकृष्ण शाह । धेरै धेरै माया र न्यानो शुभकामना ! भगवानले तिमीलाई सधैँ स्वास्थ्य, खुशी, दीर्घायु, समृद्धि, सफलता, शान्ति, आनन्द र सबै राम्रो दिनुहोस् ।’
योसँगै प्रधानमन्त्रीका ३ वटा नाम भएको खुलासा भएको छ ।
उनको नागरिकताको नाम बालेन्द्र साह हो भने पछि उनले थर सच्चाएर शाह बनाएका हुन् ।
त्यस्तै उनको सांगीतिक नाम बालेन हो ।
उर्को नाम बालकृष्ण पनि भएको उनकै दिदीले खुलासा गरेकी छन् ।






















