images
images
  • बालेनले उठिबास लगाएका सुकुम्बासीको बसोबासको व्यवस्था गर्दै हर्क, बृहत् अभियान नै सञ्चालन

    काठमाडौं– श्रम संस्कृति पार्टीले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

    सरकारले नदी उकास क्षेत्र, सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने अभियान अघि बढाइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन् ।

    उनले देशभरका जिल्ला तथा पालिका समितिहरूलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।

    यता सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सार्वजनिक तथा नदीउकास क्षेत्रमा बनेका घर–टहरा हटाउने कार्य जारी राखेको छ ।

    हटाइएका संरचनाहरूमा डोजर चलाइएको छ भने प्रभावित परिवारका लागि अस्थायी बसोबास र खानाको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images