images
images
  • कांग्रेस संसदीय दलको नेता चयनमा शीर्ष नेताहरूबीच सहमति, कार्यान्वयनमा चुनौती

    काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेतामा सहमति जुटाएको छ ।

    उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समितिले आकांक्षीहरू र सांसदहरूसँगको छलफलपछि सहमति निर्माण गरेको हो ।

    सहमतिमा पुगेको नाम आज बिहान ११ बजे सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस गरिनेछ ।

    सभापति शेरबहादुर देउवाले उक्त नाम औपचारिक रूपमा प्रस्ताव गरेपछि दिउँसो १ बजे सांसदहरूबीच छलफल हुनेछ ।

    सहमतिमा एकमत भए नेता चयन हुनेछ, नभए निर्वाचन प्रक्रियामा जानेछ ।

    समितिले पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र फिरदोष आलमलगायतसँग छलफल गरेको थियो ।

    तीमध्येबाटै सहमतिको नाम टुंगो लागेको बताइएको छ, तर, औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

    कांग्रेसमा ३८ सांसद छन् ।

    संसदीय दल नेता चयनमा ढिलाइ भएको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images