images
images
  • अस्तिदेखि अवरुद्ध वीपी राजमार्ग अझै सञ्चालनमा सकेन आउन, यातायात आवगमनमा सास्ती

    काठमाडौं– शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

    रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएका डाइभर्सनहरू आइतबार धेरै स्थानमा पुनः बनाइए पनि साँझको वर्षाले फेरि बगाएको छ ।

    चिउरीबास, नार्के र चारसयबेँसीसहितका स्थानमा बनाइएका डाइभर्सन बाढीले बगाएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

    यसअघि १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन निर्माण भए पनि पुनः क्षति भएको हो ।

    सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि मर्मत कार्य तीव्र बनाएर राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images